Connect with us

राजनीति

ताल्चा फुटाएर महानगरको जिम्मवारीमा फर्किए गुरागाईं, अब रोकिएको तलब निकासा हुने

Published

on

मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर  प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले पदभार ग्रहण गरेका छन् । 

मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर गुरागाईंले पदभार ग्रहण गरेका हुन् ।

गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडी केही लाग्न सकेन र उनी साढे तीन महिना पछि जिम्मेवारीमा फर्किएका हुन् ।

काठमाडौं महानगरमा यसअघि झन्डै पाँच महिना देखी रोकिएको तलब शुक्रबार देखी नै निकासा हुने उनले जानकारी दिएका छन् ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.