Connect with us

अन्तर्राष्ट्रिय

युक्रेन विरूद्ध १५५ चिनियाँले युद्द लडिरहेको भेटियोः जेलन्स्की

Published

on

 युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी सेनाका लागि १५५ चिनियाँ नागरिकले लडिरहेको दावी गरेका छन ।

आफ्ना युक्रेनी गुप्तचरहरूको छानबिन उदृत गर्दै जेलेन्स्कीले युक्रेन विरुद्ध लडिरहेका चिनियाँहरूको वास्तविक संख्या अझ यो भन्दा धेरै हुन सक्ने दावीसमेत गरेका छन। जेलेन्स्कीले बुधबार कीभमा पत्रकारहरूसँग कुराकानी गर्दै यो दावी प्रस्तुत गरेका हुन् । 

उनका अनुसार रूसले सामाजिक सञ्जालमार्फत चिनियाँ नागरिकहरूलाइ आफ्नो सेनामा भर्ती गरिरहेको छ । र, चिनियाँ अधिकारीहरू पनि रूसको यो प्रयासहरूका बारेमा जानकार रहेका छन ।

उनले यो पनि भने कि युक्रेन बिरूद्द लडन चिनियाँहरूको यो भर्ती अभियान बेइजिङबाट निर्देशित छ कि छैन् ? त्यसको खोजी गरिरहेको छ ।

‘युद्दमा चिनियाँ संलग्नताको मुद्दा गम्भीर छ, नाम र राहदानी विवरण सहित १५५ व्यक्तिहरू फेला परेका छन्, जो युक्रेनको भूमिमा युक्रेनीहरू विरुद्ध लडिरहेका छन्,’ जेलेन्स्कीले भने, ‘हामी यो पनि विश्वास गर्छौं कि तिनीहरू अझ धेरै नै छन्।’

जेलेन्स्कीले मंगलबार मात्रै युक्रेनी सेनाले युक्रेनी भूमिमा रुसी सेनासँग लडिरहेका दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको जानकारी दिएका थिए । युक्रेनले युद्धमा चिनियाँ लडाकुहरूबारे यस्तो दाबी गरेको यो पहिलो पटक थियो ।

उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार पत्रकार सम्मेलनमा भने कि धेरै चिनियाँ नागरिकहरू युक्रेन बिरूद्द लडिरहेका छन् भन्ने आरोप पूर्णतया आधारहीन रहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

‘चिनियाँ सरकारले सधैं आफ्ना नागरिकहरूलाई सशस्त्र द्वन्द्वका क्षेत्रहरूबाट टाढा रहन रे कुनै पनि रूपमा सशस्त्र द्वन्द्वमा संलग्न हुनबाट जोगिन आग्रह गरेको छ,’ उनले भने । रुसले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.