Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल दिएमा सम्बन्धमा असर पर्ने पुटिनको चेतावनी

Published

on

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दुरीका मिसाइलहरू उपलब्ध गराएमा यसले मस्को–वासिंगटन सम्बन्धलाई गम्भीर रूपमा प्रभावित गर्ने चेतावनी दिएका छन् ।

तर, उनले यसले युद्धको नतिजा नबदल्ने स्पष्ट गर्दै रूसी सेना ढिलो भए पनि निरन्तर अगाडि बढिरहेको बताए । पुटिनका अनुसार, यदि अमेरिकाले टमहक क्रुज मिसाइलहरू किभलाई उपलब्ध गराएमा यो रूस–अमेरिका सम्बन्धमा तनावको नयाँ र खतरनाक चरण हुनेछ । पुटिनले रूसी वायु रक्षा प्रणालीले यस्तो खतरासँग छिट्टै जुध्न सक्ने र यसले युद्ध मैदानमा सन्तुलनमा खासै असर नपार्ने दाबी गरे ।

पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै अगस्टमा अलास्कामा भएको भेटलाई फलदायी रहेको बताएका छन् । उनका अनुसार, सो भेटवार्ताले युक्रेन संकटको समाधान खोज्ने दिशामा राम्रो पहल गरेको थियो ।

यस्तै, पुटिनले पश्चिमा मुलुकहरूलाई चेतावनी दिँदै रूसी तेल बोकेका जहाजहरू कब्जा गर्ने प्रयास भए यो ‘समुद्री डकैती’ हुने र यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिए । फ्रान्सले हालै एक तेल ट्यांकर रोकेको घटनालाई उनले राष्ट्रपति इम्यानुएल म्याक्रोंको आन्तरिक समस्याबाट ध्यान हटाउने चाल भएको टिप्पणी गरे । अमेरिकी रुढीवादी नेता चार्ली कर्कको हत्याबारे पुटिनले यसलाई गम्भीर अपराध भएको उल्लेख गर्दै, यो घटनाले अमेरिकी समाजभित्र गहिरो विभाजन देखाएको बताए ।

त्यस्तै, पुटिनले माइकल ग्लसको पनि प्रशंसा गरे । सीआईए अधिकारीका छोरा रहेका उनी रूसी सेनामा सामेल भई २०२४ मा युक्रेन युद्धमा मारिएका थिए । उनलाई मरणोपरान्त रूसको वीरता पदक दिइएको थियो, जुन ट्रम्पका दूतलाई मस्को भ्रमणका क्रममा हस्तान्तरण गरिएको थियो ।
समाचार एजेन्सीहरु

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.