Connect with us

राजनीति

हिन्दु लक्षित कश्मिर हमलाको कांग्रेस प्रवक्ताद्वारा निन्दा

Published

on

नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतङ्ककारी हमलाको निन्दा गरेका छन्। 

पार्टीको कार्यक्रमका सिलसिलामा दाङ पुगेका प्रवक्ता महतले आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उक्त हमलाको निन्दा गरेका हुन्। 

उनले भने  ‘भारतको कस्मिरमा हिन्दुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतङ्ककारी हमला भयो, यो जघन्य अपराध हो । यो आतङ्कमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ । यो आतङ्ककारी हमलामा हाम्रो नेपाली नागरिकसमेत मारिएका छन्। उनीलगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु ।’

उनले अगाडी भने,  ‘यो घटनामा हामी भारत र भारतीय जनताको साथमा छौं, यस्ता खाले आतङ्कवादका विरुद्ध सारा विश्व एक हुनुपर्छ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.