प्रधामनन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच अहिले साँझ एक घण्टा छलफल भएको छ। कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, जो देउवाकै श्रीमती हुन्, गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा ओलीसँग भेटवपार्ता गर्न बालुवाटार पुगेका थिए।
‘उहाँहरूबीच एक घण्टा छलफल भयो,’ वालुवाटार स्रोतको भनाइ छ, ‘मन्त्रिपरिषद् बैठक अघि भेटघाट भएकोले केही विषयमा समझदारी जुटेको हुनुपर्छ।’
बालुवाटार निकट स्रोतका अनुसार बजेट पारित गर्ने, टेक एण्ड पे फिर्ता लिने र भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने लगायत विषयमा छलफल भएर समझदारी जुटेको छ। जसलाई अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ।