Connect with us

समसामयिक

तीन सय किलो चरेससहित पर्साबाट एकजना पक्राउ

Published

on

प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । हिजो साँझ पर्साको परवानीपुरबाट तीन सय १७ किलो चरेस बरामद गरिएको नेपाल प्रहरीको लागु ओषध नियन्त्रण व्युरोले जनाएको छ ।

परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेस बरामद गरिएको हो । प्रहरीका अनुसार, चरेस भारततर्फ लैजान लागिएको थियो ।

उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ । स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.