नेपाल प्रहरीले पर्सामा २४० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २९ वर्षीय सरोज मोक्तान र २१ वर्षीय नवराज लो छन् ।
वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुर ढाँटबाट अवैध लागुऔषध चरेस करिब २४० किलोग्रामसहित शनिबार ९पुस ६० बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना३ख ५०९३ नम्बरको ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाई चरेस लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको थियो । त्योसँगै ट्रकका चालक मोक्तान र सहचालक लोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।