Connect with us

समसामयिक

न्यायालयको जिम्मा म लिन्छुः प्रधान न्यायाधीश राउत

Published

on

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकूलता, असहजता, विघ्नबाधामा अनुकूलता खोज्न जरुरी रहेको बताएका छन् । आज २१ असार शनिबार ‘सुनेको शासन स् भोगेको प्रशासन’ पुस्तक बिमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकमा कुनै काम गर्न जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा देखिएको राउतले बताए । जटिलताबीचमै अनुकूलता खोज्न जरुरी रहेको उनको भनाइ थियो । उनले प्रबुद्ध वर्गले नियतबारे सधैँ हेक्का राख्नुपर्ने सुनाए । अवसरहरू वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने उनको सुझाव थियो । अवसर गुमे देश र जनताको बेहाल हुने राउतले जिकिर गरे । न्यायालयको जिम्मा आफूले लिने र आफैँमाथि प्रश्न उठेपनि उत्तर दिन तयार रहेको राउतको भनाइ थियो ।

पढ्नुहोस्, प्रधानन्यायाधीश राउतको सम्बोधनः
प्रबुद्ध वर्गहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरूले नियतको परख गर्नैपर्छ । यो बहुत ठूलो कुरा छ । यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो । प्रधानन्याायधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो । म लिन्छु, कुनै पनि हिसाबले मैले मुकर गर्दिनँ । जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ । त्यहाँ न्यायाधीश न्यायधीशबीचमा बसेर न्यायिक निरुपण गर्नुपर्‍यो भने त्यहाँ डिक्टेड गर्न पाइँदैन । मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभूति हुन्छ भने प्रतिकूलता, असहजता, विघ्नबाधा देखिन्छ । प्रतिकूलता, असहजता, विघ्नबाधामा पनि अनुकूलता भेटिन्छ भन्ने मेरो अविचलित विचार हो । संकल्प बोकेर हिँडेको छु म । अवसरहरू हाम्रा वरिपरि नाचिरहेका छन् । हाम्रो अकर्मण्यताले हो, उदासीनताले हो, असक्षमताले हो, चिन्न पो सकिएन कि १ देख्न पो सकिएन कि, समात्न पो सकिएन कि १ अवसरले हामीलाई कहिल्यै पर्खिंदैन । अवसर गुमे मुलुक र जनताको बेहाल हुन्छ । त्यसैले हाम्रा वरपर रहेका अवसरहरूलाई हाम्रा सूक्ष्म दृष्टिले, चेतनाका ती प्रतिबिम्वहरूले नियाल्न अब पनि ढिलो भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । म अहिलेको लागि मात्रै भन्दिनँ । यो अवसर कसरी गुम्यो भन्ने सबैलाई थाहा छ । शासन र प्रशासन भन्ने दुईवटा शब्दबाट सुशासन भन्ने कुरा आउँछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.