पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ। ‘कार्डियाक अरेस्ट’का कारण हिजो शनिबार साँझ नर्भिक अस्पतालमा उनको निधन भएको हो। शर्मा २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्।
२०२३ साल कात्तिकमा जन्मिएकी शर्माको बाल्यकाल भारतको बनारसमा बितेको थियो। शर्मा पूर्वपत्रकार समेत हुन्। उनी २०४५ सालमा दि राइजिङ नेपाल अङ्ग्रेजी दैनिकमा उपसम्पादकको रूपमा सेवा प्रवेश गरेकी सक्रिय पत्रकारका रूपमा १३ वर्ष बिताएकी थिइन्।
शर्माका श्रीमान् नवराज पौडेलको सशस्त्र द्धन्द्धकालमा माओवादीबाट हत्या भएको थियो। जो नेपाल प्रहरीमा कार्यरत थिए। उनीहरुका दुई छोरी छन् ।
शर्माले फूड फर्स्ट इन्फर्मेशन एक्शन नेटवर्क (एफआईएएन) नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडिया (एसएडब्लूएम) को कार्यकारी समितिमा रहेर पनि काम गरेकी थिइन्। त्यस्तै सिटिजन्स बैंक र नबिल बैंकको सञ्चालकक समेत बनेकी थिइन् ।
शर्माको दाहसंस्कार आज गरिने परिवारका सदस्यहरुको बताएका छन् ।