Connect with us

अन्तर्राष्ट्रिय

इरानद्वारा इजरायलसँगको युद्धमा क्षतिग्रस्त हवाई रक्षा प्रणालीहरू प्रतिस्थापन

Published

on

इरानले गत महिना इजरायलसँगको द्वन्द्वमा क्षतिग्रस्त हवाई रक्षा प्रणालीहरू प्रतिस्थापन गरेको छ । यो जानकारी नियमित सेनाका उप–प्रमुख (अपरेसन्स) महमूद मूसावीलाई उदृत गर्दै इरानको डिफा प्रेस समाचार एजेन्सीले आइतबार दिएको रोयटर्सले बताएको छ ।

जुन महिनाको द्वन्द्वमा इजरायलको वायुसेनाले इरानको हवाई क्षेत्रमा प्रभुत्व जमाउँदै देशको हवाई रक्षा प्रणालीलाई ठूलो क्षति पुर्‍याएको थियो । तर, इरानी सशस्त्र बलहरूले इजरायली भूभागमा लगातार मिसाइल र ड्रोन आक्रमणहरू गरेका थिए ।

“हाम्रा केही हवाई रक्षा प्रणालीहरू क्षतिग्रस्त भएका थिए जुन हामीले लुकाउन सक्ने कुरा थिएन । तर, हवाई क्षेत्र सुरक्षित गर्न हाम्रा सहकर्मीहरूले स्वदेशी स्रोतहरू प्रयोग गरेर तिनलाई उपयुक्त स्थानहरूमा भण्डारण गरिएका पूर्वयोजनाबद्ध प्रणालीहरूसँग प्रतिस्थापन गरेका छन्,” मूसावीले भने ।

युद्धअघि, इरानसँग आफैँले बनाएको लामो दूरीको हवाई रक्षा प्रणाली बवर–३७३ र रूसी निर्मित एस–३०० प्रणाली थियो । डिफा प्रेसको रिपोर्टले गत हप्ताहरूमा इरानमा विदेशमा बनाइएका कुनै पनि हवाई रक्षा प्रणालीहरूको आयात नभएको बताएको छ ।

गत अक्टोबरमा इरानी मिसाइल कारखानाहरूमा इजरायलले आंशिक आक्रमणपछि इरानले सैन्य अभ्यासका क्रममा रूसमा निर्मित हवाई रक्षा प्रणालीहरू प्रदर्शन गरेको थियो ।

रोयटर्स, बाह्खरी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.