Connect with us

अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाबाट २ दिनमै ४७ बलुचिस्तानी बिद्रोहीको हत्या, लाखौंको हतियार बरामद

Published

on

अफगानिस्तानको सीमा नजिक रहेको बलुचिस्तान प्रान्तमा गत दुई दिनमा पाकिस्तानका सुरक्षा बलहरूले कम्तिमा ४७ आतङ्ककारी मारेका छन्। 

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले यो जानकारी दिएको हो।

झोब जिल्लाको सम्भाजा क्षेत्रमा ७–८ अगस्टको मध्यरातमा सुरक्षा बलहरूले ३३ आतङ्ककारीहरूलाई मारे पछि आईएसपीआरले विज्ञप्तिमा भनेको छ कि ८–९ अगस्ट राति अफगानिस्तानको सीमावर्ती सम्बाजा वरपरका क्षेत्रमा अर्को कारबाहीमा १४ आतङ्ककारी मारिएको थिए । यस अवधिमा आतंकवादीहरूबाट हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको थियो, जो लाखौं मुल्यका हुन् ।

अधिकारीहरुका अनुसार बलुचिस्तान प्रान्तमा अज्ञात सुरक्षा कारणले अगस्ट ३१ सम्म मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ। बलुचिस्तान सरकारको अनुरोधमा मोबाइल र इन्टरनेट सेवा निलम्बन गरिएको बताइएको छ।

बलुचिस्तानको गृह विभागले अगस्ट ६ मा जारी गरेको एक अधि सूचनामा भन्यो कि प्रान्तमा कानून र व्यवस्थाको स्थितिलाई ध्यानमा राख्दैँ इन्टरनेट सेवाहरू तुरुन्तै निलम्बन गर्न आदेश दिइएको छ। सरकारका प्रवक्ता शाहिद रिन्दले यसको पुष्टि गरेका छन् ।

भारतले भन्दा एक दिन अघि नै पाकिस्तानले १४ अगस्टमा आफ्नो स्वतन्त्रता दिवस मनाउँछ। यस्तो अवस्थामा आतंककारीहरूले कुनै ठूला अपराध गरेर स्वतन्त्रता उत्सवमा बाधा पुर्‍याउने प्रयास गर्न सक्ने आशंका छ । जसका कारण प्रशासन सतर्क रहेको जनाइएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.