Connect with us

अन्तर्राष्ट्रिय

यौन अपराधमा दोषी देखिएपछि अष्ट्रेलियाका सांसदले दिए राजीनामा

Published

on

अष्ट्रेलियाका सांसद ग्यारेथ वार्डले यौन अपराधमा दोषी ठहर भएपछि राजीनामा दिएका छन् । उनका पूर्व सहकर्मीहरूले उनलाई संसदबाट निष्कासन गर्न मतदान गर्ने तयारी गरिरहेका बेला यो कदम चालिएको हो।

ग्यारेथमाथि दुई युवकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनले २०१३ मा एक १८ वर्षीय युवा र २०१५ मा एक कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनको सजाय सेप्टेम्बरमा तोकिएको छ, जसमा उसले १४ वर्ष जेल सजाय भोग्न सक्छ।

मुख्यमन्त्री क्रिस मिन्सले भने, ‘गम्भीर यौन अपराधमा दोषी ठहर भएका व्यक्तिले संसदमा बसेर तलब लिन पाउँदैनन् । जेलबाट समाजको प्रतिनिधित्व कसरी हुन्छ ?’

ग्यारेथ सन् २०११ देखि कियामा सिटका सांसद थिए। उनको राजीनामापछि अब उपनिर्वाचनको मिति तय हुनेछ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.