Connect with us

समसामयिक

पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द

Published

on

नारायणगढ–मुग्लिन सडकको तुईन खोलामा आएको पहिरोले सडक बन्द भएको छ । आज आइतबार बिहान करिब ४ः२० बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित मुग्लिङ नारायणगढ सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार ठुल्ठूला ढुङ्गाहरू खसेर सडक बन्द भएको छ ।

पानी नपरेका कारण डिभिजन सडक कार्यालयसँग पहिरो हटाउने पहल समन्वय भइसकेको उनको भनाइ छ । सडक बन्द भएकाले यातायात आवागमन ठप्प छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.