Connect with us

समसामयिक

विश्वकै दुर्लभ ‘हिमालयन वुड आउल’ चरा थुम्केरानीमा भेटियो

Published

on

इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी भेटिएको छ ।

अगस्ट ४ देखि सुरु भएको ध्वासे चितुवा दिवसको अवसरमा एक साता लामो बर्खाका चरा अवलोकन गर्ने क्रममा झापाका वाइल्ड लाईफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाईटीका पूर्वअध्यक्ष अनिश तिम्सिनाले थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी क्यामेरामा कैद गरेका हुन् ।

उल्लु परिवार भित्रको बैज्ञानिक नाम ‘हिमालयन वुड आउल’ भएको चराको जोडी खोज अवलोकनका क्रममा फेला पार्न सफल भएको वाइल्ड लाईफ फोटोग्राफर खरेलले जानकारी दिए ।

भारत, पाकिस्थानको पश्चिमी हिलाम हुँदै नेपाल, भुटान र पूर्वी तिब्बत, उत्तरपूर्वी म्यान्मार, चिन, कोरिया र ताइवानका केहि भागमा उक्त चरा पाईने गरिएको फोटोग्राफर खरेलले जानकारी दिएका छन् । नेपालमा उक्त चरा दुर्लभ रुपमा मात्र देखिने गरिएको छ । नेपालको मध्य देखि उच्च पहाडी वन क्षेत्रमा स्थाई रुपमा उक्त चरा पाइने गरिन्छ ।

उक्त चरा लगभग एक हजार मिटरदेखि तीन हजार छ सय मिटरको उचाईमा सल्ला, लोठ सल्ला र गुराँसको बनमा पाइने गरिएको चराका खोजकर्ताले दिएको जानकारीमा उल्लेख छ ।

यस पटक थुम्केरानी क्षेत्रको दुई हजार तीन सय ५० मिटरको उचाईमा उक्त चरा पाइने अभिलेख राख्न सफल भएको कोशी बर्ड सोसाईटीका पूर्वअध्यक्ष तिम्सिनाले जानकारी दिए ।

कानको झुप्पा नदेखिने, गोलो टाउको भएको, खैरो र सेतो छरिएको अनुहार, खैरो शरीर, सेतो पेटमा पातलो खैरो धर्सा र पंखमा बार उक्त चराको शरिर रहेको हुन्छ । बाहिरी रुपमा मलाहा हुचिल जस्तो टाउकोको रुप देखिए पनि रङ र आवाजमा फरक हुन्छ ।

गहिरो दुई नोटको हू–हू शैलीको स्वर जोडीले एक आपसमा उत्तर दिने प्रकारले निकाल्ने गरेको पाइन्छ । उक्त चरा साँझ र राती सक्रिय रहने गरेको र यी चराले मुसा, भ्यागुता, साना चरा, रातका पुतली र ठूला किरा आहार गर्ने गरेको फाटोग्राफर खरेलले जानकारी दिए ।

उक्त चराले हिउदको अन्त्य देखि बसन्त ऋतु सम्म प्रजनन गर्ने गरेको पाइन्छ । रुखका खोच वा ढुंगाको पाmटमा अण्डा पारी बच्चा कोरल्ने गर्दछ । विश्वब्यापी रुपमा उक्त चरा स्वस्थ बनमा आश्रित रहेकाले बनबिनास लगायतका कारण बासस्थान टुक्रिदै जादा विश्वमै दुर्लभ बन्दै गएको पाइन्छ ।

वाइल्डलाइफ फोटोग्राफर खरेल र तिम्सिनाको जोडिले यस पटक बर्खे चरा खोजने क्रममा इलामको माईजोगमाई सहित जिल्लाको पूर्वी लेकाली क्षेत्रमा एक सय ३० प्रजातीका चरा फेला पारेको पाइएको छ ।

‘‘विश्वमै दुर्लभ बन्दै गएको सयौ प्रजातीका चरा यहाँका जङ्गलमा छन् तर संरक्षणको अभावमा मासिने अवस्था रहेकाले संरक्षण गर्न जरुरी छ,’’ खरेलले भने ।
प्रेम अधिकारी/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.