Connect with us

समसामयिक

यूएईमा एकै महिना ३२ नेपालीको निधन

Published

on

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) मा एकै महिना ३२ जना नेपालीको निधन भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ३२ नेपालीको निधन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना यूएईमा ३० जना नेपालीले ज्यान गुमाएका थिए । नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको निधन भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.