Connect with us

अर्थ

मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा ‘ब्रेक थ्रु’

Published

on


ताप्लेजुङको मिक्वाखोला गाउँपालिका तथा मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणमा ब्रेक थ्रु भएको छ । मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवर्धन गरिरहेको ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा बिहीबार ब्रेक थ्रु भएको हो ।

मिक्वाखोला –४ साँबाको फुङफुङ्गे मन्दिरदेखि मिक्वाखोला –३ को लिवाङ पुछार मेवाखोलासम्म रहेको आयोजनाको ५ हजार ८ सय ४३ मिटर लामो हेडरेस टनेल ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख व्यवस्थापक सुनिलप्रसाद रेग्मीले जानकारी दिएका छन् । आयोजनाको मुख्य सिभिल संरचना निर्माणसँगै आयोजनाको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा विद्युत् प्रसारण लाइनसम्बन्धी कार्यहरू सम्पन्न हुने अवस्थामा रहेको आयोजनाका प्रमुख रवि मुल्मीले बताए ।

करिब १४ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस आयोजनाको हेडवर्कस् साँवाको तेम्बामा र विद्युत् गृह लप्सिबोटेमुनि छ । आयोजनाबाट उत्पादित विद्युत् १०।७ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन हुँदै नेपाल विद्युत् प्राधिकरणको ढुङ्गेसाँघु सबस्टेनशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना छ । त्यसका लागि विद्युत् गृहदेखि प्रसारण लाइनसम्मको दूरीमा करिब ३६ वटा टावर निर्माण कार्य भइरहेको आयोजनाका प्रमुख मुल्मीको भनाइ छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.