न्पाल प्रहरीले सुन्धारा कारागारबाट भागेका कैदीहरू केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज अपराह्न उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
दुलाल र भण्डारी नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए । जेनजी प्रदर्शनका क्रममा उनीहरू भदौ २४ गते कारागारबाट फरार भएका थिए । उनीहरुसँगै फरार पूर्वउपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझी भने आजै आफैँ कारागार पुगेका थिए ।