कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारत नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ।
कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार चित्रकारलाई थप उपचारको लागि परिवारले भारत लगेका हुन् । डा. तताम्राकारका भनाइमा चित्रकारलाई परिवारको इच्छा अनुसार थप उपचारको लागि हिजो सोमबार भारत लगिएको हो ।
आगोले चित्रकारको शरीरको १५ प्रतिशत भाग जलेको छ। अत्याधिक जलनका कारण देब्रे हात कामै नलाग्ने भएको छ । धुँवाले श्वासप्रश्वास नलीमा असर गरेकोले छातीमा सङ्क्रमण फैलिएको छ।
जेनजी आन्दोलनका क्रममा चित्रकारलाई २४ भदौमा आन्दोलनकारीले घरमा आगो लगाएर जलाएका थिए ।