Connect with us

अन्तर्राष्ट्रिय

नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न तयार छौँः मोदी

Published

on

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अहिलेको कठिन अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् । उनले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

प्रधानमन्त्री मोदीले आज (आइतबार) सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै नेपालमा भारी वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति दुःखदायी छ । यस कठिन समयमा हामी नेपाल र नेपाली जनताको सरकारसँग साथमा छौँ ।’

मोदीले मैत्रीपूर्ण छिमेकीका रूपमा भारत आवश्यक पर्न सक्ने कुनै पनि सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.