Connect with us

राजनीति

प्रधानमन्त्रीले सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै

Published

on

प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ । आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएकी हुन् ।

उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा ९उपेन्द्र यादव० र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.