Connect with us

अर्थ

त्रिवेणी सिन्थेटिकले तिर्‍यो बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो

Published

on

बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा।लि।ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ । हिजो बिहीबार पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।

त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । त्रिवेणी सिन्थेटिकको चार करोड ३९ लाख ८३ हजार रुपियाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपियाँ पहिलो किस्ता बुझाएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.