मुस्ताङस्थित कोरला भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ ।
यस नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्याएका छन् । बाढीपहिरोले सिन्धुपाल्चोकको तातोपानी र रससवाको रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँगको आयातनिर्यात जारी छ ।