Connect with us

समसामयिक

हिल्साको तापक्रम माइनस ८ डिग्री सेल्सियस

Published

on

नेपाल र चीनको सिमाना हुुम्लास्थित नाम्खा गाउँपालिका– ५ को हिल्सा क्षेत्रको तापक्रम माइनस आठ डिग्री सेल्सियस पुगेको छ । केही दिन अगाडि नारा क्षेत्रमा भएको हिमपातपछि हिल्सा क्षेत्रको चिसो अत्याधिक बढेको हो ।

यसवर्ष हिउ नपर्दै नेपाली भूमि हिल्सा र किट क्षेत्रमा दिउँसै तापक्रम माइनस आठ डिग्री सेल्सियस पुगेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । एक हप्ता अगाडिसम्म हिल्साको तापक्रम सुन्ने डिग्री सेल्सियस रहेकोमा हाल ह्वात्तै वृद्धि भएर आठ डिग्री सेल्सियस पुगेको उनको भनाइ छ । साथै बिहान र रातिको समयमा माइनस तापक्रम बढ्दै जानेको उनी बताउँछन् ।

गतवर्ष हिमपात नहुँदासम्म हिल्साको तापक्रम शून्य वा एक दुई डिग्री सेल्सियस रहने र हिमपातपछि मात्र माइनस पुगेको उनले बताए । तापक्रम माइनसमा झरेपछि खानेपानीका धारामा पानी जम्न थालेको छ भने अधिकांश समय आगो तापेर घर भित्रै बस्नु पर्ने अवस्था हिल्सावासीको रहेको स्थानीय कर्मा लामाको भनाइ छ ।

हिउ नपर्दै यति धेरै जाडो बढेको र हिउ परेपछि अझै जाडो वृद्धि हुने उनको भनाइ छ । हिल्सामा यारी नाका भन्सार, अध्यागमन, जनपद प्रहरीको सिमा प्रहरी चौकी, सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकी, होटेल व्यवसायी र स्थानीय हाल बस्दै आएका छन् । चिसो बढेपनि हिल्सा नाकाबाट चीनको ताक्लाकोट आउजाउ भइरहेको छ भने चार हजार ६७० मिटर उचाईको नारा लेकको सडक पनि सुचारु रहेको छ । हिमपातको समयमा हिल्सामा तापक्रम माइनस २१ डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।
राजन रावत/गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.