चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउनदेखि असोज मसान्तसम्म) मा वैदेशिक अध्ययनमा गएका नेपाली विद्यार्थीले ४२ अर्ब ९६ करोड रुपैयाँ मुलुकबाहिर लगेका छन् । अर्थ मन्त्रालयका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वैदेशिक अध्ययनमा गएका नेपाली विद्यार्थीले ३२ अर्ब २२ करोड रुपैयाँ विदेश लगेका थिए ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको शिक्षा क्षेत्रमा ७३ करोड २७ लाख रुपैयाँ भित्रिएको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा नेपालको शिक्षा क्षेत्रमा विदेशबाट ७२ करोड १६ लाख रुपैयाँ भित्रिएको थियो ।
शिक्षित जनशक्ति र अर्थ दुवै विदेश पलायनको यो तथ्यांकले जेनजी विद्रोहबाट बनेको सुशीला कार्की सरकारसँग पनि विद्यार्थी र तीनका अभिभावकहरु विस्वतस्त हुन नसकेको देखाउँछ ।