Connect with us

समसामयिक

३२ वर्षपछि पुनः विद्यार्थी

Published

on

तनहुँको व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार ३२ वर्षपछि पुनः विद्यार्थीको रूपमा कक्षामा फर्किएकी छन् । अध्ययनप्रतिको निरन्तर चाहना र उमेरले सिकाइलाई रोक्दैन भन्ने सकारात्मक सन्देश दिँदै उनले स्नातक तहमा भर्ना भएर उच्च शिक्षाको यात्रा अघि बढाएकी हुन् ।

परियार शुक्रबार व्यास नगरपालिका(१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा भर्ना भएकी छन् । उनी शिक्षाशास्त्र सङ्कायमा नेपाली मुख्य विषय लिएर प्रथम वर्षमा भर्ना भएकी क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । हड्खलेका अनुसार राजनीतिक जिम्मेवारी, पारिवारिक भूमिका र सामाजिक गतिविधिबाट समय मिलाउँदै उनले औपचारिक अध्ययन निरन्तरता दिने निर्णय गरेकी हुन् ।

दुई कार्यकाल व्यास नगरपालिकाको कार्यपालिका सदस्य भएकी परियारले पुनः विद्यार्थी जीवन सुरु गरेको खबरले स्थानीय तहमा उत्साह जगाएको छ । लामो अन्तरालपछि उच्च शिक्षा अध्ययनमा फर्कनुलाई परियारले जीवनको अर्को अवसरका रूपमा लिएकी छन् । उनी भन्छिन्, “पढाइ कहिल्यै ढिलो हुँदैन सिक्ने कुरा जीवन रहेसम्म हुन्छ ।” उनले उमेर र दायित्वले सिकाइलाई अवरुद्ध नगर्ने विश्वास व्यक्त गरिन ।

२०५० सालमा अध्ययन छाडेकी परियारले परियारले व्यास नगरपालिका(२ स्थित बालमन्दिर माध्यमिक विद्यालयबाट नेपाली विषयमा कक्षा १२ उत्तीर्ण गरेपछि विश्वविद्यालय तहमा अध्ययन गर्ने आँकाक्षा अझ बलियो बनेको बताएकी हुन् । सार्वजनिक जिम्मेवारीसँगै उच्च् शैक्षिक उपाधि प्राप्त गर्न खोजेको परियारको प्रयास स्थानीय समुदायका लागि प्रेरणादायी बनेको क्याम्पस प्रमुख हड्खले बताउँँछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.