सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह(सचिव निर्मल ढकालले पाएका छन् । हिजो सोमबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो।
ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए। यसअघिका महानिर्देशक गजेन्द्र ठाकुरले श्रीमतीको नाममा बिचौलिष व्यवसायी दीपक भट्टको कम्पनीको सेयर लिएको खुलेपछि उलाई अर्थ मन्त्रालयमा तानिएएको थियो। केही दिनदेखि महानिर्देशकको पद रिक्त थियो ।