Connect with us

समसामयिक

एनपिएलः क्वालिफायरमा सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

Published

on

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेल आज हुँदैछ । आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको छ । सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग मात्रै पराजय भोग्नुपरेको थियो । यता विराटनगर चितवन र लुम्बिनीसँग पराजित भएको हो । आज अपराजित हुने् टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोलीले इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.