Connect with us

समसामयिक

एनपिएलः फाइनल प्रतिस्पर्धा भोलि शनिबार, सुदूरपश्चिम र लुम्बिनीमध्ये एकले प्रथम ताज पहिरिने

Published

on

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो वर्षको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल भोलि शनिबार हुँदैछ । भोलि दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको छ । त्यस्तै लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाछि पार्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । सुदूरपश्चिम गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको थियो । यसपटक उपाधि चुम्ने उसको लक्ष्यमा छ ।

एपिएलका विजेताले एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५१ लाख, तेस्रोले २५ लाख र चौथोले १५ लाख प्राप्त गर्नेछन् । नेपाल क्रिकेट सङ्घको आयोजनामा एनपिएल एक मङ्सिरबाट सुरु भएको थियो । प्रतियोगितामा आठ समुह सहभागिता भएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.