Connect with us

समसामयिक

एनपिएलः लुम्बिनी दोस्रो क्वालिफायरमा, चार विकेटले पराजितभएसँगै काठमाण्डु बाहिरियो

Published

on

नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले ६ विकेटको क्षतिमा १७ ओभरमा ४ बलमा पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ३३ रन बनाए । सन्दीप जोराले २३ रन जोड्दा कप्तान रोहित पौडेलले १८ र निरोशन डीक्वेलाले १४ रन बटुले ।

काठमाण्डुका लागि सन्तोष यादवले दुई विकेट लिँदा करण केसी, साहब आलम, राशिद खान र सन्नी पट्टेलले एकएक विकेट हात पारेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरका सबै विकटको क्षतिमा एक सय ११ रन बनाएको थियो । पावर प्लेमै चार विकेट गुमाएको काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन जोडे । यस्तै जोन सम्पसन र मोहमद आदिल आलमले १८–१८ र भिम सार्कीले १४ रन बनाए ।

काठमान्डुलाई धरासायी बनाउन बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन तीन विकेट लिए । रुवेन ट्रम्पलम्यानले दुई तथा अविनाश गौतमले एक विकेट जोडे । यो जितसँगै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । काठमाण्डु भने यो हारसँगै बाहिरिएको छ ।

अब लुम्बिनीले दोस्रो क्वालिफायरमा भोलि बिहीबार पहिलो क्वालिफायरमा पराजित भएको विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर विजेता सुदूरपश्चिमले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.