त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन् ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको छ। लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको हो । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो ।
आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । प्रथम विेजेता बन्नका लािग आज जित्ने समूह र सुदूरपश्चिमबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल पर्सी २७ मङ्सिरमा हुनेछ ।