नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको छ । उनको मुटुको भल्भमा स्टेन राखेर अप्रेसन गरिएको हो । उनलाई अहिले सिसियुमा राखिएको बुझिएको छ ।
राजदूत श्रीवास्तवलाई हिजो २७ मंसिर दिउँसो हाइकिङ जाँदा अचानक लडेर बेहोस भएपछि हेलिकोप्टरबाट उद्धार गरेर ग्राण्डी इन्टरनेशनल हस्पतालमा पुर्याइएको थियो । दिउँसो साढे २ बजे दूतावासका २ जना अफिसरसहित काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर ९ भस्मेसुर डाँडाको जङ्गलमा हाइकिङ्ग गर्न गएको बेलामा अकस्मात छाती दुखेको जनाउँदै ढलेपछि सेनाको हेलिकप्टरले उद्धार गरी अस्पताल पुर्याइएको थियो ।
हिजो भेन्टिलेटरमा राखेर उपचार गराइएका राजदूतको आज मुटुको भल्भमा स्टेन राखिएको अस्पताल स्रोतले जनाएको छ । श्रीमान बिरामी भएको खबरलगत्तै पत्नी पुन्यसाहिला श्रीवास्तव गएराति नै काठमाडौँ आएकी छन् । नेपालमा कार्यकाल सकेर फर्कन लागेको बेलामा राजदूत अचानक बिरामी भएका हुन् ।