नेपाली कांग्रेसको आधिकारिकता विवादमा गगन थापा नेतृत्वको समूहले वैधानिकता पाएको छ। सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको समूहलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको हो।
हिजो बिहीबार र आज शुक्रबारको सुनुवाइपछि न्यायाधिश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएसँगै माघबाट सुरु भएको कांग्रसको विवाद कानुनी रुपमै किनारा लागेको छ । पूर्वसभापति देउवा र कार्यबाहक सभापति खड्काले माघ ४ गते निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै वारेस मार्फत रिट दायर गरेका थिए।
माघ ४ गतेदेखिको रिट आज बैशाख ४ गते किराना लागेको छ ।