नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । एमालेको ११ औं महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बनेपछि ओली पहिलो पटक महासचिव शंकर पोखरेललाई लिएर देउवालाई भेट्न महाराजगन्जस्थित निवास पुगेका हुन् ।
भेटमा राजनीतिक अवस्था, महाधिवेशनपछि आएको एमाले, निर्वाचनका विषयमा छलफल हुँदैछ । दुवै दलले विघठित प्रतिनिधि सभा पुनस्थापना गरी बन्ने सरकारले निर्वाचन गराउनुपर्ने दाबी गर्दै आएका छन् । दुवै दलले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेका छन् ।