इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले इरानी नागरिकलाई आर्थिक सामना गर्न अपिल गरेका छन् । उनले लिखित विज्ञप्ति जारी गर्दै इरानी जनतालाई आर्थिक सामना गर्न अपिल गरेका हुन् ।
विज्ञप्तिमा मोजतबाले उल्लेख गरेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वलाई आफ्नो विशेष शक्ति देखाइसकेको छ । अब उसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि शत्रुहरूलाई हराउनुपर्छ ।’ उनले कामदार र स्थानीय उत्पादनहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
मोजतबाले व्यवसायीहरूलाई अपिल गर्दै भनेका छन्, ‘व्यवसायीहरूले कठिनाइमा भए पनि आफ्ना कर्मचारीहरूलाई जागिरबाट ननिकाल्नु होला ।’ सर्वोच्च नेता बनेपछि मोजतबा कहिल्यै क्यामेरासामु आएका छैनन् । उनले इरानलाई प्रत्यक्ष सम्बोधन पनि गरेका छैनन् ।
भलै, विभिन्न अवसरहरूमा मोजतबाका लिखित वक्तव्यहरू जारी भइरहेका छन् । ती वक्तव्यहरू इरानी सरकारी सञ्चार माध्यमहरूमा प्रकाशन/ प्रशारण भइरहेका बीबीसीले जनाएको छ ।
सर्वोच्च नेता मोजतबा खामेनेईको यो विज्ञप्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वार्ता प्रूताव आफ्ना लागि स्वीकार्य नभएको बताएको केही समयपछि आएको हो ।
एजेन्सी