Connect with us

समसामयिक

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

Published

on

मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।

यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गर्दै आएको उल्लेख गरिएको छ ।

साथै, मानवीय सेवामा समर्पित हुँदै ज्यान गुमाएकाको स्मरणका साथ निष्पक्ष, स्वतन्त्र र तटस्थ मानवीय सहयोग आवश्यकतामा रहेका सबैसम्म पुगोस् भन्ने आह्वानसमेत गरिएको छ ।

प्रथम विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने अवधारणासहित विश्व रेडक्रस दिवस मनाउने अवधारणा अघि सारिएको थियो । सन् १९४८ मे ८ मा पहिलो पटक यो दिवस मनाइएको थियो । सन् १९८४ देखि ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’का रूपमा मनाउन थालिएको हो ।

मे ८ लाई अन्तरराष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्मजयन्तीका अवसरमा यो दिवस मनाउने निर्णय भएको अन्तरराष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टले जनाएको छ ।

रेडक्रस तथा रेड क्रिसेन्टले विपद्, युद्ध, महामारी तथा मानवीय सङ्कटका समयमा लाखौँ स्वयंसेवकले सेवा प्रदान गर्दै आएका छन् ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.