सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ ।
आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे । तत्पश्चात् नेपाली कांग्रेस, नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु भएको थियो ।
बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिएको छ । यसपछि विपक्षी दलका सांसदलाई आकस्मिक समयमा तीनरतीन मिनेट बोल्न समय दिइएको छ ।