Connect with us

राजनीति

रास्वपाले ६ वटा एजेन्डामा छलफल गर्न बोलायो सचिवालय बैठक

Published

on

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।

प्रवक्ता झाका अनुसार आइतबार (वैशाख २७) साँझ ६ बजे बस्ने गरी बैठक बोलाइएको हो । रास्वपाले सचिवालय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनेको छ ।

प्रवक्ता झाका भनाइमा बैठकका लागि ६ वटा कार्यसूचीहरू तय गरिएका छन् । सचिवायल बैठकमा भेला, अधिवेशन विशेष तालिका, विभिन्न आयोग, विभागका पदाधिकारी मनोनयनका विषयमा छलफल हुनेछ ।

त्यस्तै, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक र विविध विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.