संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले आज आइतबार पद तथा गोपनीयताको शपथ खाँदै छन्। राष्ट्रपति भवन शीतल निवासमा दिउँसो १स्३० बजे प्रधान न्यायाधीशको राउतको शपथ समारोह आयोजना गरिएको छ।
शपथपछि राउत आजै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नेछन् । जसका लागि सर्वोच्च अदालत प्रशासनले तयारी गरिरहेको छ।
यसअघिका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेरहदका कारण गएराति १२ बजेबाट अनिवार्य अवकाश पाएका छन् । श्रेष्ठकै स्थानमा राउत प्रधान न्यायाधीश नियुक्त भएका हुन् ।
संवैधानिक परिषद्ले सर्वोच्च्का वरिष्ठतम् न्यायाधीश राउतलाई भदौ ३१ गते प्रधान न्यायाधीशका लागि सिफारिस गरेको थियो। यही असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए। उदयपुरमा जन्मे हुर्केका राउतले २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।
सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ। तर बन्दी प्रत्यक्षीकरण सुनुवाइका लागि भने सर्वोच्च अदालतल खुला रहने जनाइएको छ। यसका लागि निश्चित न्यायाधीश र कर्मचारी तोकिएका छन्।