Connect with us

राजनीति

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । दशैँअघि नै न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको रास्वपा स्रोतले जानकरी दिएको छ ।

पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बताइएको छ ।

रास्वपाको विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानले राजीनामा दिएपछि हाल चार सदस्य मात्र रहेका छन् ।

अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमणमा छन् । देवकोटा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा न्यौपानेले कार्यवाहक प्रमुख भएर काम गरेका थिए । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.