Connect with us

समसामयिक

एनपीएलको दोस्रो खेलः बिराटनगर र लुम्बनीबीच प्रतिस्पर्धा हुने

Published

on

आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ । आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बिचमा प्रतिस्पर्धा हुदैँछ । 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ ।

जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्ससँग पराजित भएर आएको बिराटनगर रपहिलो पटक खेल्न आएको लुम्बिनी लायन्स पहिलो पटक प्रतिस्पर्धामा हुन लागेको हो ।


हिजोको खेलमा पोखरालाइ हराउँदै चितवन राइनोज र बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम बिजयी भएको थियो ।  आज हुने दोस्रो खेलमा बिराटनगर किंग्सवाट सन्दीप लामिछाने र लुम्बनी लायन्सवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन् ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

विराटनगर किंग्स

सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।

लुम्बिनी लायन्स 

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.