आज नेपाल प्रिमियर लिग (एनपीएल) को २२ औं र २३ औं खेल हुँदैछ । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सकाबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिभुवन विश्वविद्यालयस्थित कीर्तपुर खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । खेल बिहान ९ः ०० बजेबाट सुरू हुनेछ ।
आज हुने पहिलो खेलमा पोखरा एभन्जेर्सबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन् भने सुदुरपश्चिम रोयल्सवाट दिपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन् । पोखरा एभन्जेर्स प्ले अफबाट बाहिरिएको टिम हो ।
यस्ता छन् ।
दुवै टीमका खेलाडी
पोखरा एभेन्जर्स
कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।