Connect with us

समसामयिक

कर्णालीलाई ६ विकेटले पराजित गरेर सुदुरपश्चिम शीर्ष स्थानमा, बुधबार जनकपुरसँग भिडने

Published

on

 कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा सुदुरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ। जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

उता, पराजित भए पनि कर्णाली याक्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार त्रिभुवन बिश्वबिधालय ,कीर्तिपुरस्थित क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो ।

जसमा जसमा सुदुरपश्चिमका लागि इशान पाण्डेले अ३८ ,कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ र सेफ जैबले ११ रन बनाएका थिए भने कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन प्रसालद शर्मा र नन्दन यादवले समान एक विकेट लिए ।

अब सुदुरपश्चिमले बुधवार ८ अंकसहित यसअघि नै प्ले अफमा पुगेकाे जनकपुर बाेल्टसँग प्रतिस्पर्धा गर्नेछ । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.