आजदेखि ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन हुँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पुस ११ र १२ गते सो सम्मेलन जारी रहनेछ । ‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ नाराका साथ नेपाल हेल्थ कन्क्लेभ २०२४ हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा ९० भन्दा बढी देशबाट सहभागिता रहनेछ । मन्त्तालयका अनुसार कुल १ हजारभन्दा बढीको सहभागिता हुनेमा ३ सय जनाको भौतिक उपस्थिति रहने छ भने ७०० भन्दा बढीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था गरिएको छ ।