राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले अनुशासन आयोगमा दुई र संगठन विभागमा तीन जना सदस्य नियुक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय काठमाडौं बनस्थलीमा बिहीबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनित गरेको हो ।
प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्ति अनुसार संगठन विभागमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहाका विमल तिवारीलाई मनोनित गरेको छ ।