Connect with us

अर्थ

दरौँदी नदीमा दुई अर्ब लागतमा जलविद्युत आयोजना निर्माण हुने

Published

on

गोरखा नगरपालिका – १३ सिमलगैरास्थित दरौँदी नदीमा दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्धजलासययुक्त जलविद्युत आयोजना निर्माण गरिने भएको छ । मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्धनमा दरौंदी नदीमा ९.८४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डम्बरबहादुर नेपालीले जानकारी दिएका छन् ।

आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋण र बाँकी स्वपूँजीअन्तर्गत लगानी गरिने नेपालीले बताएका छन् । ‘‘सिमलगैरामा पावरहाउस रहनेगरी दरौदी नदीमा जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो,’’ उनले भने, ‘‘दरौंदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा ड्याम रहने गरी आयोजना निर्माण हुनेछ ।’’

गोरखा नगरपालिकाका वडा नम्बर १२, १३ र १४, सहिद लखन गाउँपालिकाका १, २ र ३ तथा पालुङटार नगरपालिकाको ९ नम्बर वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ ।

‘‘आयोजनाको मुख्य संरचना गोरखा– आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहने छ,’’ आयोजनाका इन्जिनियर अनिल नेपाल भने, ‘‘अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र ५३६.५४ वर्गकिलिोमिटर हुनेछ ।’’

कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाहरुको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझाव समेत सङ्कलन गरिसकेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश भएर स्वीकृति प्रदान भइसकेकाले विद्युत उत्पादन अनुमतिका लागि विद्युत्त विभागमा निवदेन दिएर दशैं पछाडीबाट फिल्डमै काम अघि बढाउने कम्पनीका अध्यक्ष नेपालीले जानकारी दिएका छन् ।

विभागबाट पाउनुपर्ने सबै अनुमति पाइसकेकाले दशैं पछाडी तथा कात्तिक महिनाको १ गतेबाट आयोजनाको संरचना निर्माणका काम थाल्न सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वष अर्थात २०८५ साल वैशाख भित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.