Connect with us

अर्थ

नक्कली कागजात बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेका ओझा बर्खास्त

Published

on

नक्कली कागजात बुझाएर राष्ट्रिय बीमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई सरकारले बर्खास्त गरेको छ। गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। त्यही दिनबाट उनी पदबाट निलम्बित भएका थिए। समितिले उनीसँग प्राधिकरणको अध्यक्ष बन्ने योग्यता नरहेको, नक्कली कागजात बुझाएर नियुक्ति लिएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो। समितिको यही प्रतिवेदनपछि ओझा बर्खास्तीमा परेका हुन् ।

गत फागुन १२ गतेको मन्त्रिपरिषद बैठकले कञ्चनपुर जन्मथलो भएका ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.