Connect with us

अर्थ

३ करोड ३९ लाख रुपैयाँ ठगी तथा अपराधिक लाभ कसुरकी फरार महिला पक्राउ

Published

on

ठगी तथा आपराधिक लाभ लिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पा बगनासकाली गाउँपालिका-१ की ३९ वर्षीया कल्पना गैरे रहेकी छिन्।

काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएकी गैरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई काठमाडौं-९ सीनामंगल क्षेत्रबाट पक्राउ गरिएको हो।

आचार्यका अनुसार गैरेविरूद्ध फागुन १५ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

उनीविरूद्ध ३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

आचार्यका अनुसार गैरेले विभिन्न बैंकको चेक व्यक्तिहरूलाई दिएकोमा भुक्तानी नभई कालोसूचीमा परेको थियो।

यसरी कालोसूचीमा परेपछि पनि गैरेले नयाँ चेकहरू दिने भन्दै झुटो आश्वासन देखाएर पुराना चेक जबरजस्ती खोसेर फरार हुने गरेको प्रहरीको भनाइ छ।

गैरेलाई ठगी तथा आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.