Connect with us

समसामयिक

एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने

Published

on

एसिसी महिला यु १९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारत विरुद्द नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।

मलेसियाको बायोमास ओभलमा जारी खेलमा भारतले टस जितेर फिल्डिङको निर्णय लिए पछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो । पाकिस्तानलाइ हराएका नेपाल र भारत दुवै टोलीले सुपर फोरमा स्थान सुरक्षित गरिसकेका छन् ।

कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो भने पाकिस्तानसँगको पहिलो खेलमा भारतले ९ विकेटले बिजयी हासिल भएको थियो ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.