Connect with us

समसामयिक

अफगानिस्तानले दियो नेपाललाई १६७ रनको लक्ष्य

Published

on

अफगानिस्तानले नेपाल सामू १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । अफगानिस्तान यु १९ टोलीले एकदिवसीय शृंखलाको दोस्रो खेलमा सो लक्ष्य प्रस्तुत गरेका हुन् ।  

मुलपानी किकेट मैदान टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको हो ।

अफगानिस्तानका लागि कप्तान मोहबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिएका थिए भने रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाएका हुन् ।

नेपालका लागि सन्तोष यादवले ३, सिब्रिन श्रेष्ठ र विपिनशर्माले समान २ तथा अभिषेक तिवारीले १ विकेट लिएका हुन् । अफगानिस्तान लगातार दोस्रो जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । नेपाल शृंखला बराबरी गर्ने सोचमा छ ।

पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.