Connect with us

समसामयिक

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

Published

on

साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले यस सिजनको आठौँ जित हासिल गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

अल हिलालले अल टाओउनलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिक र सेर्गेज मिलिनकोभिकले एक एक गोल गरेका थिए ।

यो जितपछि अल हिलालको ८ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ ।

अल हिलाल दोस्रो स्थानमा रहेको अल इतिहाद भन्दा ३ अंकले र तेस्रो स्थानमा रहेको अल नासर भन्दा ६ अंकले अगाडी रहेको छ ।

त्यसैगरी अल टाओउनको भने ८ खेलमा ११ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.